बिजुलीको तारमा चढेका प्रेम बिकलाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – ककनीबाट दिनभरि हाइटेन्सन लाइनमा चढेका प्रेम बिक (माइला) लाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ । 

शनिबार बिहान १० बजेदेखि बिजुलीको तारमा चढेर हिँडिरहेका बिकलाई साँझ ७ बजेपछि नेपाली सेनाको टोलीले सकुसल उद्धार गरेर जमिनमा उतारेको स्थानीय जयबहादुर तामाङले बताउनु भयो ।

तामाङमा अनुसार हेलिकोप्टरमा गएका तीनजना सैनिकले उनलाई फकाएर तारबाट निकालेर हेलिकोप्टरमा चढाएका थिए ।  

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ९ : २० बजे