हनुमान ढोकाको दसैँघरमा फूलपाती

तारैतार हिडिरहेका माइला नुवाकोटबाट लिखु पुगे, उद्दार अझै हुन सकेन 

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नं ७ को हाइटेन्सन लाइनमा चढेर हिडिरहेका प्रेम बिक लिखु गाउँपालिका पुगेका छन्। उनी अझै पनि तारतारै हिँडिरहेको स्थानीयहरुले बताए ।  

बेलकोटगढी नगरपालिकाका वासिन्दा प्रेम बिक  बिहान १० बजे पोलमा चढेका थिए। उनको उद्दारको लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने तयारी गरिए पनि हालसम्म उद्दार भने हुन सकिरहेको छैन ।

बिक  प्रसारण लाइनमा उक्लिएपछि विद्युत् प्राधिकरणले उत्पादन नै बन्द गराएको छ ।  जसकारण ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको छ ।  

त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिरहेकोनेपाल विधुत प्राधिकरणले जनाएको छ । प्राधिकरणले यही कारण आज भारतबाट पनि बिजुली ल्याइएको छ । पुरुषले प्रशारण लाइनमा हिँड्दा विद्युत बन्द गर्नुपरेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ६ : ३४ बजे