हनुमान ढोकाको दसैँघरमा फूलपाती

तारमा झुडिएर हिडेका पुरुषको हेलिकप्टर प्रयोग गरी उद्दार !

​​​​​​​काठमाडौं । नुवाकोटको ककनीमा त्रिशूली प्रसारण लाइन थ्री एको तारमा झुडिएर हिडेका एक पुरूषको  उद्दार गर्न हेलिकप्टर प्रयोग गर्ने तयारी छ  ।  शनिबार बिहान करिब १० बजेदेखि उनी ककनी गाउँपालिका–७ मा रहेको प्रसारण लाइनको तारमा झुण्डिएका छन् । 

बेलकोटगढी नगरपालिका–१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विकलाई प्रहरी र स्थानीय मिलेर त्यहाँबाट तल झार्ने प्रयास गर्दा पनि नमानेपछि हेलिकप्टरको सहायता लिइ उद्दार र्गन खाेजएकाे हाे । 

समाजिक संञ्जालमा भने बिना उद्दार नै हेलिकप्टर प्रयोग गरी उद्दार भनेर लेख्नेको होडबाजी चलिरहेको छ । 

प्रहरीका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। स्थानीयको अनुसार मानसिक सन्तुलन ठिक नभएका उनले बिहान परिवारलाई खुकुरी देखाएर परिवारसँग झगडा गरेर बिजुलीको तारमा पुगेका हुन् ।

 बिक  प्रसारण लाइनमा उक्लिएपछि विद्युत् प्राधिकरणले उत्पादन नै बन्द गराएको छ ।  जसकारण ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको छ ।  त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिरहेकोनेपाल विधुत प्राधिकरणले जनाएको छ । प्राधिकरणले यही कारण आज भारतबाट पनि बिजुली ल्याइएको छ । पुरुषले प्रशारण लाइनमा हिँड्दा विद्युत बन्द गर्नुपरेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ५ : ३२ बजे