लागू औषधसहित दुई जना पक्राउ

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले आज लागू औषध (खैरो हिरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ मुसेपानीका १८ वर्षीय विकास चौधरी र भीमदत्त नगरपालिका–२ महोलियाका २५ वर्षीय सुवास चौधरी पक्राउमा परेका हुन्।

उहाँका अनुसार पक्राउ पर्नेहरुका साथबाट दुई ग्राम ६९० मिलिग्राम खैरो हिरोइन खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो । पक्राउ परेकाहरुले लागू औषध ओसारपसार गर्नका लागि प्रयोग गरेको  लु८४प ८१०८ नंको मोटरसाइकलसमेत प्रहरीले बरामद गर्नाका साथै उनीहरुमाथि  थप अनुसन्धान भइरहेको जनाएको छ । 
 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ३ : ४१ बजे