हनुमान ढोकाको दसैँघरमा फूलपाती

बेपत्ता युवकको शव इनारमा फेला

चन्द्रौटा । कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ ।

तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो । 

श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ । 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १ : ३१ बजे