हनुमान ढोकाको दसैँघरमा फूलपाती

पशुपतिको सल्लाहकारमा तायल मनोनीत

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले कैलालीको धनगढीका समाजसेवी श्यामसुन्दर तायललाई पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा मनोनीत गरेको छ ।  उहाँलाई आज समितिको सल्लाहकारमा मनोनीत गरिएको कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिनुभयो ।

उहाँका अनुसार भगवान् पशुपतिनाथको मन्दिर जीर्णोद्धारलगायत कोषलाई विविध क्षेत्रमा योगदान पु¥याउनका लागि तायललाई कोषको निर्णयअनुसार सल्लाहकारमा मनोनयन गरिएको हो । तायलले कैलालीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको बताइएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १ : २६ बजे