काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।  बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।  यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ८ : ०९ बजे