‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित बेगखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । बर्खामा बाढी आएर आवतजावतनै बन्द हुने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । 

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बेगखोलामा बाढी आउँदा आवतजावत अवरुद्ध हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने समस्या हटाउन झोलुङ्गे पुल बनाइएको हो । 

पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत ८० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको जनाएको छ । 

कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले २०७८ कात्तिकमा करसहित रु २९ लाख ३८ हजारमा ठेक्का सम्झौता गरेको हिमशिखर कन्ट्रक्सनले पुल निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो । 

सरकारले उपलब्ध गराएको लट्ठा र बुल्डअफ ग्रिपबाहेक रु ३५ लाख ८३ हजार २५८ लागत अनुमान गरिएको थियो । २०७९ असार १५ गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि करिब एक महिनाअघिकै काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि शिव माझीले बताउनुभयो । 

विसं २०७३ भदौ १७ गतेको बाढीले बेलिब्रिज र झोलुङ्गे पुलसहित बेगखोलामा ११ वटा घर बगाएको थियो । एक जना बेपत्ता भएका थिए । मोटरेबल र झोलुङ्गे पुल नहुँदा बर्खा याममा पैदल यात्रु र सवारी साधन जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या थियो । 

यसैगरी सडक विभागको पुल महाशाखाले बेगखोलामा ११ मिटर चौडाइ र ७० मिटर लामो मोटर चल्न पुल निर्माण थालेको छ । पुल निर्माणका लागि विसं २०७८ असार २९ गते बिओकेआइ/हिमालयन जेभीसँग भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता गरेको थियो । 

पुलको डिजाइन निर्माण व्यवसायीले आफैँ डिजाइन र निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको हो । विसं २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म तिप्ल्याङतर्फ र बीचको दुई वटा पिल्लर ठडाइसकेको छ । रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : ४८ बजे