हनुमान ढोकाको दसैँघरमा फूलपाती

राष्ट्रपतिद्वारा दिगो विकासका लागि जीवन विकास पुरस्कार प्रदान

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो विकासका लागि विभिन्न संस्था र व्यक्तिलाई जीवन विकास पुरस्कार, २०७७ अन्तर्गत पुरस्कार र प्रोत्साहन प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शनिवार आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । 

राष्ट्रपति भण्डारीले शैक्षिक संस्था विधातर्फ रीड नेपाल ललितपुर, शैक्षिक संस्था विधातर्फ कङ्काली मावि चन्द्रागिरि, काठमाडौँ, शिक्षक मासिक ललितपुर र नारी विकास सङ्घ, मोरङलाई प्रोत्साहन पुरस्कार प्रदान गर्नुभयो । 

यस्तै बाल संरक्षण संस्था, सर्लाही, जनज्योति मावि कमलामाई, सिन्धुली, आदर्श मा.वि., मेचीनगर, झापा, सुदर्शन सिग्देल (आजको शिक्षा साप्ताहिक) र रुवी रौनियार(नागरिक दैनिक) लाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।  

सामाजिक संस्थालाई रु तीन लाख, शैक्षिक संस्था विधातर्फ रु तीन लाख र पत्रकारलाई रु दुई लाख पुरस्कार प्रदान गरिएको छ । 

प्रोत्साहनतर्फ ती विधामा क्रमशः रु एक लाख र रु ५० हजार प्रदान गरिएको पुरस्कार निर्देशक समितिका सचिव ओम शर्मा चापागाईँले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : ४३ बजे