मुग्लिन । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडक खण्ड पुनः सञ्चालन भएको छ ।
गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुई तर्फी अवरुद्ध बनेको थियो ।
पहिरो हटाएर राति १ः३० बजेबाटै सडक पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार ७ : १७ बजे
प्रतिक्रिया