आज वर्षाको सम्भावना

अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमाण्डर र  प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं – अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए. फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग आज शिष्टाचार भेट गरेका हुन् । 

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । 

भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए । 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ३ : ५६ बजे