वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति, यातायात अवरुद्ध (फोटोफिचर)

सिन्धुपाल्चोक ।  लगातारको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ । 

गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित  पुलमा क्षति पुगेको हो । 

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ह्युम पाइप सञ्चालनमा ल्याउन सक्ने अवस्था नभएकोले वैकल्पिक रूपमा अब इन्द्रावती र पाँचपोखरीबाट मेलम्चीमा आउन बाहुनेपाटीको पुलको प्रयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । 

गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युम पाइप हालिएको थियो । अहिले फट्टेको पुल भने सञ्चालनमा रहेको छ । 

​​​​​​​तस्बिर : देबराज सुबेदी 

 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ७ : ३८ बजे