पृथ्वी राजमार्गमा सडक भासिँदा यातायात अवरुद्ध

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखुस्थित ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । 

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । 

सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

तत्काल मर्मत सम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारी साधन फर्काइएको उहाँले बताउनुभयो । करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ७ : २१ बजे