हनुमान ढोकाको दसैँघरमा फूलपाती

थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ९८ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर ११२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ११२ जना होम आइसोलेसनमा रहेका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५४७पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १७१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ६ : ०८ बजे