आज वर्षाको सम्भावना

सामान्य प्रशासनमन्त्री श्रेष्ठ आफ्नै कार्यकक्षमै कुटिए

काठमाडौँ – ​​​​​​​ सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ आफ्नै कार्यकक्षमा कुटिएका छन् ।

बिहीबार मन्त्री श्रेष्ठको कार्यकक्षमा पुगेका जसपाका सांसद रामबाबु यादवले मन्त्री श्रेष्ठमाथि हातपात गरेका हुन् । सांसद यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा गरेका थिए ।

जसपाबाटै सामान्य प्रशासनमन्त्री  बनेका श्रेष्ठमाथि हातपात हुन थालेपछि पिएसओले उनको बचाउ गरेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ६ : ०३ बजे