आज वर्षाको सम्भावना

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल हुनसक्छ, गठबन्धन हुँदैन : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमाले महासचिव शंकर पोखरेलले आगामी कात्तिक-मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेले तालमेल गर्नसक्ने भएपनि गठबन्धन नगर्ने बताउनु भएको छ ।

महासचिव पोखरेलले एमाले गठबन्धन गरेर चुनावमा नजाने प्रस्ट पार्नु भएको हो ।

महासचिव पोखरेलले भन्नुभयो,‘एमाले गठबन्धन गर्ने पक्षमा छैन, एक्लै चुनाव लड्छ । चुनावी तालमेलसम्म भने गर्नसक्छ । निर्वाचन मिति घोषणा भएपछि कोसँग तालमेल गर्ने भन्ने प्रस्ट हुन्छ ।’

महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुले केपी शर्मा ओली र एमालेलाई कमजोर बनाउने घोषित नीति नै लिएकाले ती दलहरूसँग तालमेलको सम्भावना नदेखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनमा रहेका दलहरु एमाले र केपी ओलीलाई जसरी पनि कमजोर बनाउने घोषित नीतिमा लागेका छन् । त्यस्तो अवस्थामा उहाँहरूसँग तालमेल कसरी हुन सक्छ र ?

अघिल्लो स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये २९२ पालिका जितेको एमालेले २०७९ को निर्वाचनमा २०५ पालिका जितेको छ । तर, एमालेले पालिकाको संख्या घटेपनि लोकप्रिय मत नघटेको उहाँले दावी गर्नुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ५ : ३८ बजे