हनुमान ढोकाको दसैँघरमा फूलपाती

सेफ्टी ट्याङ्कीभित्र खसेर दुई जनाको मृत्यु

चितवन।    भरतपुर महानगरपालिका-१९ तमुटोलस्थित सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा  खसेर कपिलवस्तु शिवराज नगरपालिका-९ बस्ने २३ वर्षीय राम चौधरी र २४ वर्षीय छतिराम चौधरीको बुधबार साँझ मृत्यु भएको छ ।

 ट्याङ्कीभित्र खसेका उनीहरुलाई जिल्ला प्रहरी  कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको प्रहरीले  मृत अवस्थामा फेला पारेको हो । प्रहरीले  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ४ : २९ बजे