हनुमान ढोकाको दसैँघरमा फूलपाती

रिहा भए पक्राउ परेका बञ्चरेडाँडाका स्थानीय, प्रधानमन्त्रीसँग बार्ता गर्ने अडान

काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका स्थानीय रिहा भएका छन् ।

बुधबारदेखि प्रहरीको नियन्त्रणमा रहेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईंलाई प्रहरीले छाडेको हो ।

फोहोर फाल्ने गाडीमाथि अवरोध गरी प्रहरी माथि हातपात र फोहोर बोकेका सवारी साधन तोडफोड गरेपछि  उनीहरुलाई प्रहरीलेबुधबार पक्राउ गरी नुवाकोटको इलाका प्रहरी कार्यालय ककनीमा राखिएको थियो । 

प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई बिहीबार बिहान १० बजे छाडिएको हो । 

यता बञ्चरेडाँडाका स्थानीयहरुले अब प्रधानमन्त्रीसँग नै वार्ता गर्ने तयारी बताएका छन् । 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ३ : ३१ बजे