सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपालगञ्ज र खजुराका विद्यालयलाई पाँच दिन विदा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालयहरुमा गर्मी विदा दिएका छन् । अत्याधिक गर्मी बढेसँगै पठनपाठनमा समस्या भएपछि पाँचदिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर थापाले जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको बताउनुभयो ।

यस्तै खजुरा गाउँपालिकाले जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म विदा दिने निर्णय गरेको छ । 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  २ : ०० बजे