आज वर्षाको सम्भावना

घुमुवा प्रहरी दलालको भूमिकामा देखिए, यसलाई खारेज गरौं : त्रिपाठी

काठमाडौं – सांसद हृदयेश त्रिपाठीले घुमुवा प्रहरी दलालको भूमिकामा मात्रै देखिएकाले यसको तत्काल खारेज गर्नुपर्ने माग गर्नुभएको छ ।

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले भन्नुभयो, ‘बर्दियामा बाघको आक्रमणबाट बचेर आएपछि पुलिसरूपी राक्षसले मारिदियो । थारु र मधेसीमाथि गोली नै प्रहार गर्नुपर्ने ? यो घृणालाई चाँडो अन्त्य गर्नुप¥यो । घुमुवा प्रहरी दलालको भूमिकामा देखियो, यसको तत्काल खारेज गर्नुप¥यो ।’

उहाँले फरक विषयमा बोल्दै मल दिन नसक्दा धानको उत्पादन घट्दै गएकाले त्यसले आर्थिक वृद्धिदर घटाउँने समेत बताउनुभयो । सांसद त्रिपाठीले सरकारले बजेटमा गरेको कृषि क्षेत्रको प्राथमिकीकरण ‘निबन्ध मात्र’ भएको भन्दै ‘प्रबन्ध हुन नसकेको’ टिप्प्णी गर्नुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १ : २२ बजे