आज वर्षाको सम्भावना

फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल

काठमाडौं – एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाउनु भएको छ । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाउनु भएको हो  । 

काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ । 

‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ,’ रावलको प्रश्न छ । 
 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १ : ०२ बजे