वर्षाले मेलम्ची नदी आसपास क्षेत्र प्रभावित, फट्टेको पुलमा क्षति, मर्मत गरिँदै

​​​​​​​काठमाडौँ । अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ ।

 गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ ।

वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । 

अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङसहितको टोलीले उक्त क्षेत्रको अनुगमन गरेपछि पुलको मर्मत थालिएको छ । 

मेलम्ची नगरपालिका–७ र ११ जोड्ने फट्टेमा अस्थायी कल्भर्टमा क्षति पुगेसँगै यातायात सेवा अवरुद्ध भएको छ । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ९ : २८ बजे