मन्थली विमानस्थलमा पानी पस्यो

थप कमजोर बन्यो नेपाली रुपैयाँ, अमेरिकी डलरको भाउ नयाँ उचाइमा

काठमाडौँ  । नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । 

बिहीबारका लागि नेपाल राष्ट्र बैङ्कले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लगातार बढिरहेको छ ।  बुधवार अमेरिकी डलरको विनियम दर १२४.६४ रुपैयाँ थियो ।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । 

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ८ : ११ बजे