वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध 

मुग्लिन । वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । 

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताउनुभयो । पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ । 

इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ७ : १७ बजे