हनुमान ढोकाको दसैँघरमा फूलपाती

पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर पुग्यो

पोखरा – पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ ।

साढे १ बजे उक्त जहाज काठमाडौं तर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एअर पोखराले जनाएको छ ।

त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  १० : ४१ बजे