हनुमान ढोकाको दसैँघरमा फूलपाती

बञ्चरेडाँडाका स्थानीयमाथि प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा  स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ ।

बुधबार फोहोर फाल्नेक्रममा स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । 

स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको प्रहरीको भनाई छ । मंगलबार पनि यहाँ फोहोर फाल्ने विषयमा तनाब भएको थियो । 

अहिले ल्यान्डफिल साइटमा अवस्था तनावग्रस्त छ।  फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेसँगै २ सय जनाभन्दा बढी प्रहरी परिचालन गरिएको छ। 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ३ : ०९ बजे