काठमाडौं । नेकपा एामलेका सांसद योगेश भट्टराइले किसानको समस्या सम्बोधन गर्न सरकार गम्भीर नभएको बताउनुभएको छ ।
प्रतिनिधि सभामा बोल्नुहँदै सांसद भट्टराईले वर्तमान सरकारले कृषि मलमा अनियमितता गर्न खोजिरहेको बताउनुभयो । किसानले समयमा मल नपाउनुको कारण सरकारमा रहेका व्यकतिहरूले नै मल आयातमा अनियमितता गर्न खोजेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ सरकारले मल ल्याउन खोजेको छैन । माल ल्याउन खोजिरहेको छ । जबसम्म मलमा माल आउँदैन तबसम्म मल आउनेवाला छैन ।’
उहाँले बालीनाली लगाउने बेला भइसकेको भन्दै मलको हाहाकार भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘मल खोज्न कृषी मन्त्री भारततिर जानुभएको छ । कहाँ पुग्नुभयो ? उहाँको हालखबर के छ ? मल आउँछ की आउँदैन ? मल लिएर आउनुहुन्छ की नलिएर आउनुहुन्छ ? मल नपाएर थकित भएर कृषि मन्त्री उतै थकित र निर्वासीत हुनुभयो की । ’
प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार २ : ५८ बजे
प्रतिक्रिया