काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले सरकारले आर्थिक चलखेलमा इम्बोस्ड नम्बर प्लेट जबरजस्ती लाद्न खोजेको भन्दै अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा उजुरी दर्ता गराएको छ ।
नेकपा एमालेनिकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल नेतृत्वकोे टोलीले बुधबार टंगालस्थित अख्तियार कार्यालय पुगेर इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता छानबिनको माग राख्दै उजुरी गरेको हो ।
युवा संघले सरकारले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको ठेक्का दिनु, एक महिनाभित्रै इम्बोस्ड नम्बर राख्न दबाब दिनु र नम्बर प्लेटमा पनि देवनागरी लिपी नराख्नु अनियमितताको प्रमाण भएको आरोप लगाएको छ ।
इम्बोस्ड नम्बर राख्ने सेटिङको चलखेलमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुका भाइ भूषण राणाको चलखेल भइरहेको आरोप लगाएको छ ।
इम्बोस्ड नम्बर प्लेट सम्बन्धी काम गर्ने विदेशी कम्पनीको नेपाली एजेन्ट नै भूषण राणा रहेको भन्दै युवासंघले सत्य तथ्य बाहिर ल्याउन माग गरिरहेको छ ।
प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार २ : ३४ बजे
प्रतिक्रिया