आज वर्षाको सम्भावना

मुख्य नेतृत्वलाई प्रहार नगरौँ, पार्टीको भविष्य उज्ज्वल छ: महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्न सुझाव आग्रह गर्नुभएको छ ।

घनश्याम भुसाललगायतका नेताहरूले स्थानीय चुनावको नतिजा अपेक्षाकृत नआएपछि अध्यक्ष केपी शर्मा ओलीको राजीनामासमेत माग गरिरहेका बेला महासचिव पोखरेलले पार्टीको मुख्य नेतृत्वलाई प्रहार गर्ने कामलाई बन्द गर्न आग्रह गर्नुभएको हो । ।

पोखरेलले मुख्य नेतृत्वप्रति आग्रहपूर्ण विचार राख्नुभन्दा पार्टीलाई एकताबद्ध बनाउने काममा इमानदारीपूर्वक लाग्नु उपयुक्त हुने कुरा सामाजिक सञ्जालमा लेख्नु भएको छ । ।

महासचिव पोखरेलले लेख्नुभएको छ, ‘नेकपा एमालेको मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकताबद्ध बनाउने काममा इमानदारितापूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन । मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण नेकपा ९एमाले० भित्रबाटै सम्भव छ ।’

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  १२ : ४४ बजे