मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न एमालेका सांसदको प्रस्ताव

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल  नेकपा एमालेका चार जना सांसदले चार मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा एमाले सांसदहरू  पदमाकुमारी अर्याल, गोकुलप्रसाद बाँस्कोटा, विमला बिक, लालबाबु पण्डितले सो प्रस्ताव गर्नुभएको हो ।

बैठकमा प्रस्तुत विनियोजन विधेयक–२०७९ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अर्यालले, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बिकले, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पण्डितले र सूचना तथा सञ्चार मन्त्रालयको बास्कोटाले खर्च कटौती गरी एक रुपैयाँ कायम गरियोस् कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  १२ : २७ बजे