देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै संसद्मा गृहमन्त्री खाणको राजीनामा मागियो 

काठमाडौँ । देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताउनुभयो ।  

“बलात्कार र हिंसाका घटना टुलुटुलु हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ”, उहाँले भन्नुभयो, “बालिका र किशोरी बलात्कृत भइरहेका छन् । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुलु हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।”

 

 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  १२ : १६ बजे