एमालेको सचिवालय बैठक सुरु

धादिङमा जिप र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु 

धादिङ । धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा गए राती जिप र ट्रक ठोक्किँदा जिप चालकसहित दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चालक दोलखाका अन्दाजी २५ वर्षीय प्रकाश नेपाली र परिचालक ठेगाना नखुलेका अन्दाजी १८ वर्षीय अनिस बोगटी रहेका छन् । 

गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा गल्छीस्थित अम्बेभरोसा अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको प्रहरी चौकी गल्छीले जनाएको छ ।  

चितवनबाट काठमाडौँ आउँदै गरेको ना ५ च २६८३ नम्बरको जिप ओभरटेक गरेर अगाडी जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ९७७७ नम्बरको ट्रकसँग ठोक्किएको थियो । 

गए राती पौने ३ः०० बजे भएको सवारी दुर्घटना लगतै सम्पर्क विहीन भएका ट्रक चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ११ : २५ बजे