साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन,फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि

​​​​​​​काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाईँ जोशी, डा.सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा फोहोरको लिच्चडका कारण पानीसमेत प्रदूषित भएको पाइएको हो ।

टोलीले लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थानभन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना सङ्कलन गरेर अध्ययन गरेको हो ।

सिसडोलबाट सङ्कलित तीन वटा नमुनाको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले जानकारी दिनुभयो ।

“स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ । यसबाट सो स्थानमा जल सम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ” साहले फेसबुकमा लेख्नुभएको छ ।

 

विज्ञ टोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केही दिनमा आउनेछ भने नास्टको टिमले निरूपणको विधि पनि सुझाउनेछ । 

नास्टलगायत अन्य विज्ञसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालीन समाधानको बारेमा छलफल र अभ्यास गरिने उहाँले बताउनुभयो। 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ७ : ४६ बजे