एमालेको सचिवालय बैठक सुरु

गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेशसभा भवन नदिपुरमा अहिले नीति तथा कार्यक्रम प्रस्तुतीकरण भैरहेको छ । बहालवाला सरकारको यो नै अन्तिम नीति तथा कार्यक्रम हुनेछ ।

संविधानतः बजेटभन्दा अघि नीति तथा कार्यक्रम पेश र पारित गर्नुपर्छ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउँदैछ । त्यसैका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति कार्यक्रम पेश गर्न पुग्नुभएका गुरुङलाइ नेपाल प्रहरीको टुकडीले सलामी दिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ४ : १५ बजे