आज वर्षाको सम्भावना

निर्वाचित जनप्रतिनिधिलाई एमाले स्कुल विभागले प्रशिक्षण दिने

​​​​​​​काठमाडौं । नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिने भएको छ ।

असार दुई गते हुने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनुहुनेछ ।   

एमालेको केन्द्रीय पार्टी स्कुल विभागले प्रशिक्षण दिन लागेको हो ।  जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ४ : ११ बजे