मन्थली विमानस्थलमा पानी पस्यो

सेयर बजारमा दैनिक करोडौं गुमाउँदै लगानीकर्ता

काठमाडौं । ​​​​​​​ ​​​​​​​सरकारले बजेट सार्वजनिक गरेसँगै सेयर बजारमा निरन्तर पहिरो गइरहेको छ ।

मंगलबार सेयर बजार ४५.५९ अंकले घटेर नेप्से परिसूचक २०२०.२३ अंकमा झरेको हो । सेयर बजारका लगानीकर्ताहरुलाई दैनिक करोडौं घाटा हुँदा समेत सरकारले बेवास्था गरेको भन्दै लगानीकर्ताहरुले आन्दोलन नै सुरु गरेका छन् ।

आज सेयरबजारमा १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कुल २३४ वटा कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर खरीदबिक्री भएको छ । आज १५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । 

सेयर बजार घटेको दिन पनि उपकार लघुवित्तको मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने एनआईसी एशिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ४ : ०४ बजे