आज वर्षाको सम्भावना

जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा एमाले र माओवादी गठबन्धन

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । 

जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने गरी गठबन्धन भएको हो ।

नौ सदस्यीय जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा बाँडफाँड गरेका छन् । प्रमुखमा एमालेका गङ्गाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाललाई अघि सारिएका छन् ।

सुर्खेतमा एमालेका नौ, माओवादीका एक, काँग्रेसका आठ जना मतदाता छन् । अब माओवादी र एमाले मिलेर स्पष्ट बहुमत पुगेको छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ११ : २० बजे