एमालेको सचिवालय बैठक सुरु

काठमाडौँमा भएको सहमति नमान्ने भन्दै सिसडोलका स्थानीयले फोहोर फाल्न रोके

काठमाडौँ ।  सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच काठमाडौँमा भएको सहमति नमान्ने भन्दै नुवाकोट सिसडोलका स्थानीयले फोहोर फाल्न रोकेका छन् । 

सहमतिअनुसार आज बिहान काठमाडौँबाट डम्पिङका लागि लगिएको फोहोरका गाडीलाई स्थानीयले रोकेका हुन् ।

सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरे डाँडा लैजान दिने सहमति जुटेको थियो ।

सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिबद्धता जनाएसँगै आन्दोलनरत पक्षले फोहर विसर्जन गर्न दिने भएको थियो । 

तर आज बिहान काठमाडौँबाट फोहोर बोकेर गएका गाडीहरूलाई स्थानीयले बाटोमै रोकेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ९ : ५२ बजे