‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

इलामको कन्याममा निजी होटलमा सार्वजनिक शौचालय 

मङ्गलबारे ।  इलामको प्रमुख पर्यटकीय स्थल कन्याममा रहेको एक निजी होटलले आफ्नो शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न अनुमति दिएको छ । 

पर्यटन व्यवसायी टीका ओडारीले आफ्नै लगानीमा सञ्चालित ‘कन्याम इन होटल’ मा रहेका शौचालयलाई सार्वजनिक खुला गर्नुभएको हो । 

यस पर्यटकीय स्थलमा हालसम्म सार्वजनिक शौचालय नभएकाले आफूले होटललाई नै प्रयोग गर्ने गरी यस्तो काम थालिएको उहाँले बताउनुभयो । 

पर्यटन व्यवसायीले कन्यामलाई फोहर व्यवस्थापन र सार्वजनिक शौचालय निर्माणको माग गर्दै आए पनि पूरा हुन सकेको छैन । सूर्योदय नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्न नसक्दा कन्याम आउने सयौँ पर्यटक समस्यामा पर्दै आएका छन् ।

देशकै ठुलो अर्थात् काठमाडौँ महानगरमा होटल र रेस्टुरेन्टलाई सार्वजनिक शौचालय बनाउने योजना अघि बढेसँगै पर्यटकीय जिल्ला इलाममा यसको प्रयोगसमेत सुरु भइसकेको छ । आफ्नो होटलका शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न पाउँदा पर्यटकलाई समेत सहज भएको व्यवसायी ओडारीले बताउनुभयो ।

कन्याममा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन् । उहाँले पर्यटकीय स्थल कन्याममा पहिलो पटक व्यावसायिक रूपमा होटल तथा लज सुरु गर्नुभएको हो । 

यहाँ घोडचरी, प्याराग्लाइडिङलगायतका थुप्रै सेवा उपलब्ध भए पनि आवश्यक पर्ने सार्वजनिक शौचालय नहुँदा समस्या हुँदै आएको थियो ।  रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ९ : ०० बजे