जिल्ला समन्वय समिति मुस्ताङमा एमालेको प्यानल नै निर्विरोध  

पोखरा । जिल्ला समन्वय समिति मुस्ताङमा एमाले उम्मेदवार सर्वसम्मत निर्वाचित हुने भएका छन् । 

काँग्रेसले उम्मेदवारी नै नदिएपछि एमाले उम्मेदवार सर्वसम्मत हुने भएको हो । पाँच पालिका रहेको मुस्ताङमा एमालेको ७ भोट र काँग्रेसको ३ भोट छ ।

एमालेले आइतबार नै आफ्ना उम्मेदवार टुङ्गो लगाएको थियो । योसँगै मुस्ताङ जिससको प्रमुखमा पुनः महिला नै दोहोरिने पक्का भएको छ । 

एमालेले प्रमुखमा वारागुङ मुक्ति क्षेत्र–१ की वडा सदस्य माया गुरुङलाई उठाउने निर्णय गरेको छ भने उपप्रमुखमा घरपझोङ ३ का आइतेलाल थकालीलाई पठाएको छ ।

सदस्यहरूमा उमेश विक, शान्ता कुमारी विक र टसी ल्हामो सेन्चुरीलाई उम्मेदवार उठाएको छ । अर्को सदस्य राप्रपालाई दिएको छ । राप्रपाबाट विमला परियार उम्मेदवार बन्नुभएको छ ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ८ : ०८ बजे