प्रतिनिधिसभा बैठक आज पुनः बस्ने

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पुनः बस्ने भएको छ । 

आज बिहान ११ः३० बजे बस्ने प्रतिनिधिसभा बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुनेछ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक–२०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल सकिएको छ । 

सोमबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।  

 

 

 

 

 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ७ : ४३ बजे