काठमाडौं – नेकपा एमालेले निर्वाचित प्रमुख र उप-प्रमुखलाई दुई दिने पशिक्षण दिने भएको छ ।
आगामी असार २ र ३ गते काठमाडौंमा सम्पूर्ण प्रमुख र उप-प्रमुखहरुलाई बोलाउने निर्णय भएको केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रशिक्षण दिनु हुनेछ । त्यस्तै पूर्व अर्थमन्त्री तथा नेताहरुले नीति कार्यक्रम र बजेट निर्माणका विषयमा प्रशिक्षण दिनु हुनेछ ।
एमालेले आफना सवै प्रमुख र उप-प्रमुखलाई पार्टी केन्द्रले घोषणापत्रमा राखेका र आफूले स्थानीय स्थरका प्रतिवद्धता पत्रमा राखेका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिने भएको छ ।
स्थानीय तहले असार १० गतेसम्ममा नीति कार्यक्रम बजेट सार्वजनिक गरिसक्नु पर्ने सवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार ८ : १६ बजे
प्रतिक्रिया