काठमाडौं – सरकारले शनिबार जस्तै आइतबार पनि दिने गरिएको बिदा खारेज गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको हो।
अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।
गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।
प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार ७ : ५२ बजे
प्रतिक्रिया