आज वर्षाको सम्भावना

पार्टीका कार्यकर्ताहरूको भुँडी सुधार्ने गरी बजेट ल्याएको छ : शान्ता चौधरी

काठमाडौँ – नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट केही मान्छेको भुँडी सुधार हुनेगरी आएको टिप्पणी गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभामा विभिन्न शीर्षकको बजेटमाथिको छलफलमा भाग लिँदै सचेतक चौधरीले सरकारले भूमि व्यवस्थालाई सुधार गर्ने भन्दापनि आफ्नो पार्टीका कार्यकर्ताहरूको भुँडी सुधार्ने गरी बजेट ल्याएको बताउनुभयो ।

सचेतक चौधरीले केपी ओली नेतृत्वको सरकारले भूमिहीनलाई लालपुर्जा वितरण गर्ने काम अन्तिम चरणमा पु¥याए पनि वर्तमान सरकारले त्यसलाई रोकेको आरोप समेत लगाउनु भएको थियो । उहाँले बजेटमा गरिब परिचय पत्र वितरण गर्ने उल्लेख गरिएपनि त्यसलाई कहिले देखि सुरु गर्ने भन्ने भनि नखुलाइएको आपत्ति जनाउनुभएको छ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ५ : ३३ बजे