भारतमा कोरोनाबाट थप ४५ सय सङ्क्रमित, नौ को मृत्यु

नयाँ दिल्ली।  भारतमा कोरोना भाइरसबाट थप ४५ सय भन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ८१ हजार ३३५ पुगेको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी कुल मृतकको सङ्ख्या पाँच लाख २४ हजार ७०१ पुगेको र ती मध्ये नौ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

भारतमा अहिले २५ हजार ७८२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा एक हजार ७३० जना बढी हो ।     

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ३ : ५४ बजे