आज वर्षाको सम्भावना

संसदमा वसन्त नेम्वाङको खर्च कटौतीको प्रस्ताव दर्ता

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले खर्च कटौतीको प्रस्ताव दर्ता गर्नुभएको छ ।  

प्रतिनिधिससभामा उहाँले खर्च कटौतीको प्रस्ताव दर्ता गर्नुभएको हो । उहाँले सोमबार विनियोजन विधेयक २०७९ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्नुभएको हो । 

‘विगत आर्थिक वर्षहरुदेखि खरिद प्रक्रिया सम्पन्न गरी निरन्तर रुपमा निर्माण हुँदै आइरहेको अत्यन्तै महत्व राख्ने वैकल्पिक सहायक राजमार्गहरुमा आवश्यकताबमोजिम रकम विनियोजन नगरिएका र विस्तृत अध्ययन अनुसन्धानविना वैकल्पिक सहायक राजमार्ग संख्या थप गरिएको कारण निर्माण कार्य सम्पन्न हुन नसक्ने देखिएकोले उक्त शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कामय गरियोस्,’ प्रस्तावमा भनिएको छ । 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ३ : ४२ बजे