दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

निसानले ७ ‘ए’ साइड छैटौँ निसान कप फुटसल प्रतियोगिता गर्ने

काठमाडौँ । राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान)ले छैटौँ निसान कप फुटसल प्रतियोगिता गर्ने भएको छ। संस्थाले यही असार ३, ४ र ५ गते मेडिकल कलेज नजिक रहेको रुम्बल फुटसलमा  ७ ‘ए’ साइडमा फुटसल गर्न लागेको हो।

करिब ४० टिम सहभागी हुने खेलमा ‘नक आउट’को आधारमा खेल खेलाइने छ। उक्त प्रतियोगिता प्रथम र द्वितीय हुने टिमलाई नगद, सिल्ड,प्रमाणपत्र  र मेडल प्रदान गरिनेछ भने सेमिफाइनलमा आउट हुने दुवै टिमलाई सान्त्वना पुरस्कार स्वरूप सिल्ड,प्रमाणपत्र र मेडल प्रदान गरिने निसानका महासचिव शौर्यनाथ आचार्यले जानकारी दिनुभयो । 

खेल अवधिभर  उत्कृष्ट गोल रक्षक , उत्कृष्ट खेलाडी र बढी गोल गर्नेलाई ट्रफी द्वारा सम्मान गरिनुका साथै प्री क्वाटर फाइनल सम्म हरेक खेलमा उत्कृष्ट खेल खेल्ने खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफि दिइने महासचिव आचार्यले जानकारी दिनुभयो। हरेक वर्ष गर्दै आएको फुटसल गत वर्ष कोभिडको कारणले प्रभावित भएको थियो। 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  २ : ५५ बजे