आज वर्षाको सम्भावना

माधव नेपालको मन्त्री फेर्ने निर्णय प्रधानमन्त्री देउवाद्वारा अस्वीकार

काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेको मन्त्री फेर्ने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गर्नुभएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भएको छलफलमा केही समयका लागि मन्त्रिमण्डल हेरफेर गर्न आफूले नचाहेको प्रधानमन्त्री  देउवाले बताउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले अडान लिएपछि तत्काल मन्त्री फेर्ने निर्णयबाट माधव नेपाल ब्याक हुनुपरेको छ ।आइतबार पार्टी सचिवालय बैठक बसेर एकीकृत समाजवादी पुराना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भएको थियो।

प्रधानमन्त्री देउवाको निर्णय पछि मन्त्री बन्न कसिएकाहरू अहिले निराश हुनुपरेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  २ : २८ बजे