आज वर्षाको सम्भावना

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुनेगरी सरकार अगाडि बढ्यो: महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुने गरी अघि बढिरहेको आरोप लगाउनु भएको छ ।

महासचिव पोखरेलले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकमा विद्यमान राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने बताउनु भएको हो ।

आइतबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरूप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको तर्क समेत गर्नु भयो ।

महासचिव पोखरेलले राजस्व वृद्धि हुने बस्तुहरुको अति धेरै आयातका कारण आगामी वर्ष राजस्व वृद्धि हुने कुनै आधार नभएपनि बजेटमा आर्थिक वृद्धिदर हुने हावादारी कुरा उल्लेख गरिएको बताउनु भयो ।

महासचिव पोखरेलले बैंकहरुले लगानी गर्ने अवस्था नभएको बेला आगामी आर्थिक वर्ष उत्पादन वृद्धि गर्ने सरकारले सोच नै बस्तुपरक नभएको बताउनु भयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  १० : ४२ बजे