सुनको मूल्यमा नयाँ कीर्तिमान

पुर्चौडी पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । 

नगरपालिका स्थित सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममा खोपको महत्त्वका विषयमा जानकारी दिइएको थियो ।

राष्ट्रिय खोप तालिका अनुसार नगरका १० ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताउनुभयो। 

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको कुँवरले बताउनुभयो । पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिएको उहाँले बताउनुभयो । 

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा नगर प्रमुख दीपकबहादुर बम, उपप्रमुख मिना धानुक, वडा अध्यक्षलगायत जनप्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ५ : ४८ बजे